नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

धादिङमा भूकम्पको धक्का, ‘काठमाडौंमा हल्लाखल्ला’
काठमाडौं । धादिङको सुनौला बजार केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राति साढे ९ बजेपछि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ को गोरखा भूकम्पकै पराकम्पन हो ।
धादिङको झट्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा धक्का महसुस गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताले थाहा दिएका छन् ।
यसअघि जेठ १३ गते हुम्ला केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । गोरखा भूकम्प गएको ६ वर्ष पुगे पनि पराकम्पन आउन भने छोडेको छैन ।