नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
नुवाकोट । विभिन्न संघ संस्थाहरुको पहलमा जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि टेवा पु¥याउनका लागि आवस्यक सुरक्षा सामाग्री बुधबार नुवाकोट क्षेत्र नं २ का संघीय सांसद नायारायण प्रसाद खतिवडाले स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नु भएको हो ।
व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) चार थान, प्रोटेक्टिभ मास्क केएन-९५ एक थान, सर्जिकल ग्लोब्वस्, बुट बभर लगाएका सामाग्री ४ सेट त्यस्तै थर्मल गन १ थान, मास्क एन–९५ ५० थान, १०० एमएलका ह्याण्ड स्यानिटाइजर ५० थान ग्लोवस् ५ बक्स र सर्जिकल मास्क ३००० प्रति उपलब्ध गराइएको हो ।
सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल कार्डसन, तथा शान्ति भोलियन्टियर एसोसियसन जापानको संयुक्त प्रयासमा सामाग्री संकलन गरिएको हो । ०००