हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
त्रिशुली अस्पताललाई ‘स्वाव संकलन बुथ’ हस्तान्त्रण
जमुना गजुरेल
नुवाकोट । नेपाल इन्जिनियर्स एसोसिएसन वाग्मती प्रदेश कार्य समितिले कोरोना भाइरस संक्रमण परिक्षणका लागि स्वाव संकलन गर्न ‘स्वाव संकलन बुथ’ निर्माण गरी त्रिशुली अस्पताललाई हस्तान्तरण गरेको छ ।
नेकपा नुवाकोटका अध्यक्ष तथा प्रदेश सांसद हिरानाथ खतिवडाले बुधबार अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । सांसद खतिवडाले स्वाव संकलन बुथको प्रयोगले अस्पतालमा कोराना भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नुभया ।
अस्पताल प्रमुख डा. रेम कुमार राईले स्वाव संकलन बुथको प्रयोगले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई दैनिक सेवा दिन आत्मबल पुग्ने बताउनुभयो ।
प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसनका केन्द्रिय सदस्य अनिल नेपाल र नेपाल इन्जिनियर्स एसोसिएसन वाग्मती प्रदेश कार्य समितिका सदस्य सागर न्यौपानेसहितको समूहले स्वाव संकलन बुथ निर्माण गरेको हो । समूहले निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।
बुथ हस्तान्तरणमा अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपाने, ईन्जिनियरहरु राज लामिछाने, निर्मल प्याकुरेल, प्रबिन सापकोटा, अशोक ढकाल लगायतको उपस्थिति रहेको थियो ।