कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २४ पुग्यो

काठमाडौं । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार योसँगै कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *