हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
अध्यक्ष ओली र दाहालबाट पार्टीका सांसद्हरुसँग छलफल
काठमाडाैँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगतरुपमा छलफल शुरु गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज सुदूरपश्चिम प्रदेशका सांसद्हरु सहभागी हुनुभएको र यसपछि आज र बिहीबार गरी क्रमशः प्रदेश नं १ र बागमती प्रदेश हुँदै सबै प्रदेशका सांसद्सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिने जनाइएको छ । ती विषयमा पार्टीभित्रै विभिन्न मतहरु व्यक्त भइरहेका बेला नेतृत्वबाट यस प्रकारको छलफल आयोजना भएको हो । अध्यक्षद्वयले आजै पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यहरु जारी गरी पार्टी एकतालाई अझ सुदृढ र बलियो बनाउन र कम्युनिष्ट आन्दोलनको लक्ष्यमा निरन्तर क्रियाशील हुन नेता कार्यकर्तालाई आव्हान गर्नुभएको थियो ।