गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक अख्तियारकाे नियन्त्रणमा

काठमाडाैँ। अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबैजनालाइ त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिका १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *