गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको सपथ
काठमाडौँ । कास्की क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मंसिर १४ गते भएको उपनिर्वाचनबाट निर्वाचित भट्टराईले संसद सचिवालयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
सपथपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने बताउँदै भट्टराईले तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’, उहाँले भन्नुभयो ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएका भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । उपनिर्वाचनमा उहाँले २४ हजार ३९४ मत ल्याउनुभएको थियो ।