नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एलएलबीको प्रवेश परीक्षा स्थगित (सूचनासहित)
काठमाडौं । नेपाल ल क्याम्पसले एलएलबी तहको प्रवेश परीक्षा स्थगित गरेको छ । क्याम्पसले सोमबार सूचना जारी गर्दै पुस ५ गते (शनिबार) हुने भनिएको प्रवेश परीक्षा स्थगित गरेको हो । डिन कार्यालयको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको क्यामपसले जनाएको छ ।
गत मंसिर ९ गतेको सूचनाअनुसार क्याम्पसले गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएको भन्दै तीन सय विद्यार्थी मात्रै भर्ना लिने निर्णय लिएको थियो ।
क्याम्पसले कोटा निर्धारण गरेकोप्रति विद्यार्थीले चर्को विरोध गरेका थिए । विद्यार्थीले विरोध गरेसँगै क्याम्पसले प्रवेश परीक्षा नै स्थगित गरेको छ ।
हेर्नुहोस् सूचना