नेपाली चेली अञ्जली चन्दले बनाइन महिला क्रिकेटमा विश्व कीर्तिमान, दुनियाँ चकित

काठमाडौँ । महिला क्रिकेटमा नेपाली चेली अञ्जली चन्दले विश्व कीर्तिमान् कायम गरेकी छिन् । काठमाडौँमा जारी १३ औं साग अन्तर्गत महिला क्रिकेटमा उनले एक रन पनि नदिई ६ वीकेट ल्याएर विश्व रेकर्ड कायम गरेकी हुन् ।

चन्दले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । तेस्रो ओभरमा थप एक विकेट लिइन । उनको यो उत्कृष्ट प्रदर्शनले नेपालको जितसँगै कीर्तिमान कायम गरिन् । यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीन विरुद्धको खेलमा चरा ओभरमा एक मेडेन राख्दै तीन रन दिएर ६ विकेट लिएकी थिइन ।

खेलमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको माल्दिभ्स १० ओभर एक बलमा मात्र १६ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

जवाफमा नेपालले मात्र पाँच बलमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा काजोल श्रेष्ठले अविजीत १३ रन बनाइन । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षक टमटाकाे दाबी चार कीर्तिमान्

नेपाली प्रशिक्षक जगतबहादुर टमटाकाे दाबी अनुसार यो टी–ट्वान्टीमा कीर्तिमान हाे । त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटाकाे भनाइ छ । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।

०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *