नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

उपनिर्वाचनको अन्तिम परिणाम घाेषणा, हेर्नुस् कहाँ कसले जित्याे पूरा विवरणसहित
काठमाडौं। निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको छ । तीन प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हात पारेको छ ।
निर्वाचन आयोगले सोमबार अपरान्ह प्रकाशन गरेको अन्तिम परिणाम अनुसार नेकपा सबैभन्दा बढी ३० स्थानमा जित हात पारेको छ । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन स्थानीय तहको अध्यक्ष पदमा जित हात पारेको छ । बाँकी उपाध्यक्ष र वडाअध्यक्ष पदमा नेकपा उम्मेदवार निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसले १३ स्थान जित हात पारेको छ । काँग्रेसका उम्मेदवार एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर पदमा जित हात पारेको हो । काँग्रेसका तिलक राईले धरान उपमहानगरपालिकामा २६ हजार ७०९ मत ल्याएर जित हात पार्नुभयो ।
समाजवादी पार्टीले चार तथा राष्ट्रिय जनता पार्टी, नेपालले तीन स्थानमा जित हात पारेको छ । एकजना वडाअध्यक्ष स्वतन्त्र निर्वाचित हुनुभयो ।
नेकपाको प्रतिनिधित्व गरी कास्की निर्वाचन क्षेत्र नं २ बाट विद्या भट्टराई प्रतिनिधि सभा सदस्य चुनिनुभएको छ । त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३(२) मा नेकपाको प्रतिनिधित्व गर्नुभएका उम्मेदवार विमलाकुमारी खत्री निर्वाचित हुनु भएको छ । उहाँले २४ हजार २८६ मत ल्याउनुभयो । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका कृष्णलाल भडेल र वाग्लुङ् क्षेत्र नं २(२) बाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ ।