हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेपालले जित्यो पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण पदक
काठमाडौँ । दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै पदक हात पारेको छ । पहिलो दिनको खेलमा कराते र तेक्वान्दोमा बढि पदक जितेको नेपालले अहिलेसम्म ८ स्वर्ण जित्न सफल भएको छ । जुन १२ औं सागको भन्दा तीन पदक बढि हो । भारतमा भएको सागमा नेपालले पुरै प्रतियोगितामा ३ स्वर्ण जितेको थियो ।
नेपालका लागि करातेका मण्डेकाजी श्रेष्ठले किर्तीमानी २ स्वर्ण जिते । कराँतेको एकल पुरुष विधामा स्वर्ण जितेर नेपाललाई तेह्रौं सागमा पहिलो स्वर्ण दिलाएका मण्डेकाजीले पुरुष टिम कातामा पनि स्वर्ण पदक जिते ।
त्यस्तै नेपालका लागि सिना मादेन लिम्बुले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण दिलाइन् । त्यसैगरी कमल श्रेष्ठले नेपाललाई अर्को स्वर्ण पदक दिलाएका छन् । तेक्वान्दोे पुम्से इभेन्ट्समा उनले स्वर्ण हात पारेका हुन् ।
टिम कातामा नेपालले तेस्रो स्वर्ण हात पारेको छ । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगिता मगरले टिम काँतामा स्वर्ण दिलाएका हुन् । साग गेम अन्तर्गतको ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छिन् ।
तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समुहमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितेकी छिन् ।
तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २९ वर्षमाथि उमेर समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण जितेकी छिन् । यसमा भारतले रजत र श्रीलंकाले कास्यमा चित्त बुझाएका छन् ।
नेपालले अहिलेसम्म ८ स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेको छ । ०००