बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

त्रिविको १ वर्षे बीएड र एमएड तहको भर्ना फारम खुल्यो (सूचनासहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, ताहचल, काठमाडौँले, खुल्ला तथा दूर सिकाई अन्र्तगत एक वर्षे स्नातक र एक वर्षे स्नातकोत्तर तहमा भर्नाका प्रवेश परीक्षाको आवेदन खुलाएको छ । शिक्षा शास्त्र तर्फको स्नातक (बीएड) र स्नाकोत्तर (एमएड) तहको विज्ञान शिक्षा, गणित र सामाजिक अध्ययन विषयमा नयाँ भर्नाका लागि आवदेन खुलाएको हो ।
प्रवेश परीक्षा पौष २७ गते हुने प्रकाशित सूचनामा जनाइएको छ । मंसिर १५ गते देखि पौष २० गतेसम्म प्रवेश परीक्षाका लागि आवेदन दिन सकिने छ । प्रवेश परीक्षा आवेदन शूल्क १ हजार रुपैयाँ र भर्ना शूल्क १३ हजार ५ सय रुपैयाँ रहेको छ । परीक्षाका लागि आवेदन सिधै क्याम्पस अथवा क्याम्पसको वेवसाइटमा गएर अनलाईन मार्फत पनि दिन सकिने छ ।
प्रवेश परीक्षाको नतिजा माघ ३ गते प्रकाशन हुनेछ । भर्ना अवधि माघ ५ गतेदेखि २४ गतेसम्म रहेको छ भने कक्षा सञ्चालन फागुन ४ गतेबाट हुने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना