काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेपालमै बनेपछि बजाज डोमिनारकाे मूल्य कति सस्ताे पर्छ ?
काठमाडौं । बजाज डोमिनार मोटर साइकलको नयाँ मूल्य सार्वजनिक भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक कम्पनी एचएच बजाजले नेपालमै यसको एसेम्बल गरेपछि नयाँ मूल्य सार्वजनिक गरेको हो ।
यो मोटर साइकलको मूल्य अब भारतबाट आयात गर्दा भन्दा सस्तो पर्ने छ । यसअघि भारतीय बजारबाट आयात हुँदै आएको थियो । अहिले भने कम्पनीले नवलपरासीमा रहेको प्लान्टमा भारतबाट सामाग्री ल्याएर एसेम्बलिङ गर्दै आएको छ । भारतमा हालै बजारमा आएको नयाँ संस्करण अनुसारको डोमिनार नेपालमा एसेम्बल गरिएको हो । यसको बितरण भने पुसको पहिलोसातातिरबाट हुने कम्पनीले जनाएको छ ।
सरकारले धेरै सीसीका मोटरसाइकलमा कडाइ गरेपछि डोमिनारको मूल्य वृद्धि भएर ५ लाख ८९ हजार ९ सय रुपैयाँमा पुगेको थियो । निर्धारित नयाँ मूल्य साविकको मूल्य भन्दा करिब ६० हजार सस्तो पर्ने कम्पनीका एक अधिकारीले जानकारी दिए । जसअनुसार नयाँ डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय पर्ने छ ।
नयाँ संस्करणमा आएको बजाज डोमिनार ४०० मा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।