बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कांग्रेसले भन्दा भन्दा सीके राउतको जनमत पार्टीले ल्यायो बढी भोट
काठमाडौँ । सर्लाहीमा नेपाली कांग्रेसले भन्दा सी के राउतको जनमत पार्टी बढी भोट पाएको छ । उपनिर्वाचन अन्तर्गत हरिपूर्वा नगरपालिका १ को वडाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा कांग्रेसलाई राउत नेतृत्वको जनमत पार्टीले उछिनेको हो । जनमत पार्टीका दिनेश राय यादवले ५२ मत पाउँदा कांग्रेसका उम्मेदवारले जम्मा २३ प्राप्त गरेका छन् ।
वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी हुनुभएको छ । उहाँले ३४७ मत पाउनुभएको छ । ताजुकको कुरा त के छ भने यहाँ २ जना उम्मेदवारले आफैलाई समेत भोट नहालेको पाइएको छ । अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका २ जनाले खाता नै खोल्ने सकेनन् ।
१ हजार ३५६ मतदाता रहेको यो वडामा १ हजार ९३ मत खसेको थियो ।