हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
उपनिर्वाचन मतपरिणाम अपडेट : नेकपा कै बर्चश्व अहिलेसम्म कहाँ कसले जित्यो ?
काठमाडौं । शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउनेक्रम चलिरहेको छ । अहिलेसम्मकाे परिणाम अनुसार अधिकांश स्थानमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदरहरु नै विजयी भएका छन् । रोल्पाको थवाङबाट जितको सुरुवात गरेको नेकपाले धेरैजसो ठाउँमा अग्रता देखाएको छ । याे समाचार तयार पार्दासम्म नेकपाले ६ ठाउँमा नेकपा १ ठाउँमा कांग्रेस र एक स्थानमा समाजवादी पार्टीले जितेकाे छ ।
रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी हुनु भएको छ । उहाँले १७४ मत प्राप्त गर्नुभएको छ । यो वडामा कुल मतदाता १२८४ थिए । तर, २०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाउनुभएको छ ।
कञ्चनपुर जिल्लाको पुनरवास नगरपालिका वडा ३ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँले ५२८ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी डीबी तामाङले ३१० मत प्राप्त गर्नु भएको प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताउनुभयो ।
मजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी हुनुभएको हो । उहाँले ९९३ मत पाउनुभएको छ । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले जम्मा ४८२ मत प्राप्त गर्नुभएको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी हुनु भएको छ । उहाँले ३४७ मत पाउनुभएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का देव कोइराला विजयी हुनुभएको छ । उहाँले ८६७ मत पाउनु भएको छ भने उहाँका निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत प्राप्त गर्नुभएको छ ।
सल्यानको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी हुनुभएको छ । बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाउनुभएको छ । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।
बैतडीको सुर्नया गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द बिजयी हुनुभएको छ । उपनिर्वाचनमा यो कांग्रेसको पहिलो जित हो । चन्दले नेकपाका निकटतम प्रतिस्पर्धी धनबहादुर चन्दलाई चार मतले पराजित गर्दै बिजयी हुनुभएको हो । खसेको कुल ४३८ मतमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले २१९ र नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभएको छ ।
नवलपरासी(सुस्ता पुर्व )बौदीकाली गाउँपालिका–५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार खिम बहादुर खरू बिजयी हुनुभएको छ । उहाँले ३ सय ६७ मत प्राप्त गर्नुभएको छ । यहाँ कांग्रेसल जम्मा २ सय ३१ भोट पाएको छ भने समाजवादी पार्टीले ७ मत पाएको छ । १० म तबदर भएको छ ।
बागलुङको बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी हुनुभएकाे छ । उहाँले ७०४ मत प्राप्त गर्नुभएकाे छ भने प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै समाजवादी पार्टिका हरीलाल रानाले भने जम्मा ६ मत प्राप्त गर्नुभएकाे छ । उहाँका घरका सदस्य गन्ने हो भनेपनि ६ पुग्छ । २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप-प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो। १ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो।