हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लिम्पियाधुरासँगै सुस्ताको पनि सीमा समस्या समाधान गर्दैछौँ : मन्त्री बास्कोटा
काठमाडौँ । सूचना प्रविधि तथा संचार मन्त्रि गोकुल बास्कोटाले नेपालले भारतसँगको सीमा विवाद भएका लिम्पियाधुरा सँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको बताउनु भएको छ ।
बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा संचार मन्त्रि बास्कोटाले सरकारले भारत सरकारलाई बिबादित लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाएको जानकारी दिनु भयो । साथै मन्त्री बास्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि कुटनीतिक र राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने बताउनु भयो ।
नेपालले कालापानी तथा लिम्पियाधुरा सम्बन्धि नेपाल पक्षका एतिहासिक दस्तावेज कागज पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा बार्ता गरिने पनि बताउनु भयो । पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने पनि बताउनु भयो ।
सरकारले ‘भूमिसम्बन्धी एकीकृत विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही मङ्सिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘भूमिमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर हुन भूमिसम्बन्धी एकीकृत विधेयक आवश्यक परेको हो ।’
यही मङ्सिर ४ गते भएको मन्त्रिपरिषद् पुनर्गठनपछिको पहिलो मन्त्रिपरिषद्को बैठकमा चालु आर्थिक वर्षको चार महिनाको समीक्षासमेत भएको सरकारका प्रवक्ता बाँस्कोटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सञ्चारमन्त्री बाँस्कोटाले नेपाल –भारत पारवहन सन्धि पुनरवलोकनसम्बन्धी वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा टोली गठन गरेकामा वार्ता सम्पन्न भई भूजडित मुलुकबाट नेपाललाई जलमार्गजडित मुलुक बनाउन सहमति भएको जानकारी दिनुभयो ।
“पारवहन सन्धि पुनरवलोकन गर्न बसेको संयुक्त बैठकले नयाँ उचाइ प्राप्त गरेको छ”, प्रवक्ता बाँस्कोटाले बताउनुभयो । सहसचिवस्तरले गरेका निर्णय दुवै देशका सचिवस्तरमा बैठकमा छलफल हुने र यसपछि मन्त्रिस्तरमा अनुमोदन भई कार्यान्वयनमा जाने बताइएको छ ।