काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सुन प्रतितोला २०० ले घट्यो
काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० निर्धारण गरेको छ ।
नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरिदबिक्री भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।