चर्चित गायिका कमला घिमिरेको दोस्रो गीत ‘जीन्दगी’ बजारमा (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेकी लोक तथा दोहोरी बाल गायिका कमला घिमिरेको दोस्रो गीत बजारमा आएको छ । चिया छानेको बोलको गीतको अपार सफलतापछि गायिका घिमिरेको जीन्दगी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बिहीबार युट्युव मार्फ सार्वजनिक गरिएको जीन्दगी बोलको गीतमा गायिका घिमिरेलाई किसान बिनायकले स्वरमा साथ दिएका छन् । पानी झ¥यो भिरालो जीन्दगी गर्ने खाने मर्ने जाने हो केलाई लिन्छौ पिरलो बोलको गीतमा जीवनका आरोह अबरोह वास्तविकताका बारेमा वर्णन गरिएको छ । मार्मिक शब्द र घिमिरेको स्वरको मिठासले गीतलाई अझ जीवन्त बनाएको छ ।

झलक संगीतम, रेशम ओली र कल्याण घिमिरेको शब्द सिर्जना रहेको गीतमा संगीत संयोजन झलक संगीतमले गरेका छन् । मौषम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडल तथा नृत्यङ्गना करिश्मा ढकालसँगै बाल गायिका घिमिरेले पनि अभिनय गरेकी छिन् । त्यस्तै नरेशबीर सिंह र रोहित थापा मगर पनि भिडियोमा मुख्य भूमिकामा देखिएका छन् । आलाप स्टुडियोले तयार गरेको भिडियो करण चैशिरले छायाङ्कन र सम्पादन मनोज कार्कीले गरेका हुन् । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *