बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सहकारीलाई उपमेयरको चेतावनीः नुन र सुन किन्न ऋण नदिनु
काठमाडौँ । दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले सहकारीहरुले बचतकर्तालाई नुन र सुन किन्न ऋण दिन नहुने बताउनुभएको छ ।
जीवन्त बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन तथा कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै उप–प्रमुख तामाङले अहिले सहकारीहरुको पछिल्लो लगानी उत्पादनमुलक क्षेत्रमा भन्दा नुन र सुन किन्ने नाममा ऋण प्रवाहमा केन्द्रित भएकाले बेलैमा सजग हुन समेत आग्रह गर्नुभयो ।
उप–प्रमुख तामाङले भन्नुभयो, “यस नगरपालिकामा विषयगत सहकारीहरु खुल्ने क्रम बढ्दो छ, योसँगै सहकारीमा बचत गर्न आउनेहरु विशेष गरेर ऋण पाउने आशाले मात्र आउनृुभएको हुन्छ । यसकारण अहिले बचत तथा ऋण हुनुपर्नेमा ऋण तथा बचत भन्नुपर्ने अवस्था आएको छ ।”
उप–प्रमुख तामाङले सम्पूर्ण सहकारीलाई ऐन नियमको पालना गरेर असल ऋणमात्र प्रवाह गर्न आग्रह गर्नुभयो । “जीवन्त सहकारी सफलता र समृद्धिको लागि” भन्ने मुल नाराका साथ जीवन्त बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ ।
उद्घाटन समारोहमा दक्षिणकाली नगरपालिकाका प्रमुख, वडाध्यक्ष लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ०००