What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सहकारीको पूँजी उत्पादनशील क्षेत्रमा लगानी होस्ः मेयर बस्नेत
What To Know
- काठमाडाैँ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले सहकारीहरुमा देखिएका विकृति रोक्न सहकारी सञ्चालक बेलैमा सचेत हुनुपर्ने बताउनुभएको छ । जीवन्त बचत तथा ऋण सहकारी संस्थाको कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै मेयर बस्नेतले सदस्यहरुको आर्थिक सहभागिता हुने गरि बजारमा भएको सानो पुँजीलाई संकलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गनुपर्नेमा पैसा खरिद गर्ने काममा सहकारीहरु उद्धत देखिएको गुनासो गर्नुभयो ।.
- कार्यक्रममा दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले पनि सहकारीहरुले बचतकर्तालाई नुन र सुन किन्न ऋण दिन नहुने बताउनुभयो । उपमेयर तामाङले सहकारीलाई ऐन नियमको पालना गरेर असल ऋणमात्र प्रवाह गर्न आग्रह गर्नुभयो । । “जीवन्त सहकारी सफलता र समृद्धिको लागि” भन्ने मुल नाराका साथ जीवन्त बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । उद्घाटन समारोहमा दक्षिणकाली नगरपालिकाका प्रमुख, वडाध्यक्ष लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।.
काठमाडाैँ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले सहकारीहरुमा देखिएका विकृति रोक्न सहकारी सञ्चालक बेलैमा सचेत हुनुपर्ने बताउनुभएको छ । जीवन्त बचत तथा ऋण सहकारी संस्थाको कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै मेयर बस्नेतले सदस्यहरुको आर्थिक सहभागिता हुने गरि बजारमा भएको सानो पुँजीलाई संकलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गनुपर्नेमा पैसा खरिद गर्ने काममा सहकारीहरु उद्धत देखिएको गुनासो गर्नुभयो ।
सहकारीमा सदस्यहरुको आर्थिक सहभागिता हुने भएकाले उनीहरुकै आर्थिक स्थिति सुधार, रोजगारी सिर्जना र समुदायप्रति चासो हुने खालका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो । मेयर बस्नेतले भन्नुभयो, “समाजको आर्थिक र सामाजिक रुपान्तरणको उद्धेश्य राखेर सुरु भएका सहकारीले बजारबाट संकलित पुँजी पैसा खरिदमा नभई सहकारीको सिद्धान्तमै दृढ रहनुपर्छ, अहिलेबाटै जग बलियो हुन सकिएन भने समाजमा आर्थिक कारोबारको नाममा अर्को विकृती बढ्छ ।”
कार्यक्रममा दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले पनि सहकारीहरुले बचतकर्तालाई नुन र सुन किन्न ऋण दिन नहुने बताउनुभयो । उपमेयर तामाङले सहकारीलाई ऐन नियमको पालना गरेर असल ऋणमात्र प्रवाह गर्न आग्रह गर्नुभयो । । “जीवन्त सहकारी सफलता र समृद्धिको लागि” भन्ने मुल नाराका साथ जीवन्त बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । उद्घाटन समारोहमा दक्षिणकाली नगरपालिकाका प्रमुख, वडाध्यक्ष लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।