हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
मन्त्रिपरिषद् पुनर्गठन : गाेकर्ण विष्टसहित छ जना हटाइयाे, यी हुन् नयाँ मन्त्रीहरु ? (सूचीसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै प्रम ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो । नयाँ मन्त्रिपरिषदमा केही नयाँ अनुहार आएका छन् भने केहीको जिम्मेवारी हेरफेर गरिएको छ ।
नयाँ मन्त्रीहरुको विहीबार सपथ ग्रहण राखिएको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ । बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ मन्त्रिपरिषद् अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउनुभएको छ ।
पूर्व एमालेको कोटाबाट मन्त्री भएका श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डित, भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए । यसअघि हटाउने चर्चा चलिरहेकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको भने पद जोगिएको छ । बीमा नाताले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।
प्रधानमन्त्रीले उपेन्द्र यादवलाई कानुन र भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा हेरफेर गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा बुधबार बुझाइएको मन्त्रिपरिषद्कको विवरण यस्तो छ :