‘भारतलाई पहिले महाकाली कन्यादान दिने यिनै ओली सर हुन्’

काठमाडौँ । प्रगतिशील लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले नेपाल भारत सीमा विवाद समाधानका लागि सरकारले प्रभावकारी पहल नगरेको भन्दै आक्रोश ब्यक्त गर्नुभएको छ ।

कालापानी लिपुलेख मिचेर भारतले नक्सा सार्वजनिक गरेको थुप्रै दिन बितिसक्दा समेत नेपालको तर्फबाट बार्ता वा लिखित पहल नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । आइतबार राति संग्रौलाले एक ट्वीट सरकार कुटनीतिक पहल नगरेर सतही कुरामा अल्झिएको भन्दै प्रधानमन्त्री ओलीकै चर्को आलोचना गर्नुभएको छ । उहाँले ओलीले नै महाकाली भारतलाई सुम्पिएको समेत आरोप लगाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ, कालापानी मिच्या नक्सा निकाल्या यतिका दिन भो, यताकाले आजसम्म न लिखित विरोध जनाका छन् न वार्ता थाल्या छन् । “सीमाबाट सेना हटाऊ” भनेर कुर्लिँदै ओली सर कूटनीतिको सट्टा बकबक नीतिमा लागे।पहिले महाकाली “कन्यादान” दिने यिनै ओली सर हुन्, अहिले यिनैले कालापानी डुबाउने छाँट छ । होसियाार !

सरकारले कुटनीतिक पहल नगरेर कालापानी लिपुलेकलाई समेत महाकालीकै हालत बनाउन खोजेको भन्दै खबर दारी समेत गर्नु भएको छ ।

आइतबार दिउँसो नेकपा निकट युवा संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिने र नेपाली भूमीबाट बिदेशी सेना हटाउने अभिब्यक्ति दिनुभएको थियो । सरकारी स्तरबाट कुटनीतिक पहल नगरेर प्रधामन्त्री नै वाकयुद्धमा उत्रिएकामा संग्रौलाले आक्रोश ब्यक्त गर्नुभएको हो ।

याे पनि पढ्नुस् – 

सरकारले एक इन्च पनि भूमि कसैलाई मिच्न दिँदैन : प्रधानमन्त्री ओली

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *