छोरी, बुहारी लिएर पूर्वराजा ज्ञानेन्द्र नाइट क्लवमा, तरुनीको हात समातेर नाचे (भिडियो)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह छोरी बुहारीसहित काठमाडौँको ठमेलस्थित एक नाइट क्लबमा पुगेका छन् । एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाच्नुका साथै फ्लाइङ किस समेत दिएका छन् ।

यतिमात्रै होइन उनी नाच्दा नाच्दै कोटफुकालेर त्यहाँ सहभागीलाई अङ्गालो हाल्नुका साथै केही युवतीहरुसँग सेल्फी समेत खिचेका छन् । ताली बजाउँदै उनले सहभागीहरुलाई रमाइलोका लागि हौसाएका समेत छन् ।

पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिएका छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराएको दृश्य भिडियोमा देखिन्छ ।

पछिल्लो केही साता यता पूर्व युवराज पारस शाह सोनिका नामकी एक युट्युवर युवतीसँग घुमिरहेको भिडियो आइरहेका बेला पूर्वराजा सहित परिवारका अन्य सदस्यहरुको पनि यस्तो भिडियो बाहिरिएको हो ।

हेर्नुस भिडियो –

[SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.D

[SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.DFULL VIDEO ON YOUTUBE – ( https://www.youtube.com/watch?v=QIMWBCSOwYw&feature=youtu.be )Video by : Shreizan Shrestha

Posted by LOD – Lord of the Drinks on Sunday, November 17, 2019

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *