हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आलमलाई रौतहटबाट रातारात ल्याएर नख्खु कारागार चलान
काठमाडौँ । रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोहम्मद आफ्ताब आलमलाई नख्खु कारागार चलान गरिएको छ । जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि गएराति आलमलाई ललितपुर ल्याइएको हो ।
अदालतको आदेशपछि केही घण्टा जिल्ला कारागार रौतहटमा राखे पनि सुरक्षाका कारण आलमलाई आज बिहान ४ बजे ललितपुरको नख्खु कारागार ल्याइर्पुयाइएको नेपाल प्रहरीका प्रवक्ता डीर्आइजी विश्वराज पोख्रेलले जानकारी दिनुभयो । अदालतको आदेशमा सुरक्षाका हिसावले आलमलाई रौतहटमा राख्न उपयुक्त नहुने भन्दै अरु कारागारमा स्थानान्तरण गर्न सक्ने आदेश पनि दिएको थियो ।
फैसलापछि रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ । रौतहटका एसपी भुपेन्द्र खत्रीका अनुसार आलमको विपक्षमा बयान दिएका सरकारी साक्षीलाई पनि सुरक्षा दिइएको छ ।
आलमले गर्ने कुराकानी रेकर्ड हुने
नख्खु कारागारमा पु¥याइएका आलमले गर्ने कुराकानी रेकर्ड हुने भएको छ । नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले सो जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘आलमकै सुरक्षाका लागि यस्तो रोक लगाउनु परेको हो । आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँंग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ ’’ उहाँले थप्नुभयो,‘‘आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक कसैसँंग भेटघाट गर्न दिइएको छैन ।’’
आलमसँंग आफन्त परिवारको सदस्य र उहाँकै वकिल वाहेक अन्यसँंग भेटघाटमा समेत रोक लगाइएको छ । प्रमुख पौडेलले आलमलाई अन्य सामान्य कैदी जस्तै गरी राखिएको स्पष्ट पार्नुभयो । आलमले जेलभित्र गर्ने गतिविधि सिसि क्यामेरामा कैद रहने छ भने सम्बादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था गरिएको छ । सुरक्षाको दृष्टिकोणले भन्दै प्रहरीले आलमलाई रौतहट जिल्ला कारागारमा नलिई थुनाका लागि नख्खु पु¥याएको हो ।
करीव १२ वर्षअघि संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार आलमले चुनाव जित्नका लागि बम बिष्फोट गराइ घाइते समर्थकहरूलाई उपचार गर्नुका सट्टा जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । नेपाल– भारत सीमाको १२ किलो मिटर नजिक रहेको राजपुर नगरपालिका वडा नम्वर–४ निवासी आलमको पक्राउसँंगै रौतहट सीमा नाकामा अराजकता तथा अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ ।
०००