ग्राण्डी अस्पतालमा गरियाे प्रधानमन्त्री ओलीको तेस्रो हेमो डायलासिस

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजधानीकाे धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार तेस्रो पटक हेमो डायलासिस गरिएकाे छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस गरिएको हाे ।

अस्पतालका निर्देशक डा चक्रराज पाण्डे, निजी चिकित्सक डा दिव्या सिंह शाह र डा प्रेम ज्ञवालीले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक हेमो डाइलासिस सम्पन्न भएको जानकारी दिनुभएको छ । उक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । डाइलासिस पछि ओली शनिबार सरकारी निवास बालुवाटार फर्किसक्नुभएको छ । ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नियमित डाइलासिसको लागि अस्पताल आउनुभएको र डाइलासिस सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडायालसिस सम्पन्न गरिएको थियो । प्रधानमन्त्री ओलीले भारतमा गइ १२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । यसअधि प्रधानमन्त्री ओलीको मिर्गौैलामा एन्टीबडी बढेपछि त्यसको निराकरणको लागि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गरिएको थियो ।

मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि ओलीले सिंगापुरको नेशनल युनिभर्सिटि अस्पतालमा गएर प्लाज्मा फेरेसिस विधिबाट मिर्गौलाको एन्टीबडी नष्ट गरिएको थियो भदौ ५ मा ओली मिर्गौलाको उपचार गर्न दोस्रो पटक सिंगापुर जानुभएको थियो । त्यस अघि १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएर उपचार गराउनुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *