काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
घाइतेलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका आलमलाई थुनामा राख्न आदेश
काठमाडौँ । जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उनी विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो। वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए।
यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँछन्। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथी थियो।






