सन्दीप लामिछानेले पारसलाई पुन: फलो गर्दै दिए शुभकामना

काठमाडाैँ । नेपाली टीमका पूर्व कप्तान पारस खड्का र नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अहिले यूएईमा छन् । उनीहरु दुबै जना टी–१० खेल्न युएई पुगेका हुन् ।

पारस आवद्ध टीम आबुधाबीको खेल शुक्रबार राति १०ः४५ बजे हुँदैछ । पारस प्लेइङ इलेभेनमा पर्ने नपर्ने निश्चित नभएका बेला सन्दीपले ट्वीटरमार्फत शुभकामना दिदैं दुवै जनाको फोटो राखेका छन् ।

सन्दीपले पारसलाई ट्वीटरमा फलो समेत गरेका छन् । यसअघि सन्दीपले अनफलो गरेका थिए । पारसलाई अनफलो गरेपछि उनकाे चर्काे आलाेचना हुँदै आएकाे थियाे । खेल मैदानमा समेत दर्शकहरुले उनलाई पारसलाई फलाे गर्न भन्दै चर्काे नाराबाजी गर्दै आएका थिए भने । सामाजिक सञ्जालमा समेत लामिछानेले आफ्नाे धरातल बिर्सिएकाे भनेर नकारात्मक टिप्पणी हुने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *