नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

स्वास्थ्यचौकीलाई एक लाख सहयोग
म्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले रु एक लाख ११ हजार सहयोग गरेका छन् ।
धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गर्नुभएको हो । केसीले मिलनचोक आमा समूहलाई समेत रु दश हजार सहयोग गर्नुभएको उहाँका छोरा शेरबहादुरले जानकारी दिनुभयो ।
वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न रु बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ ।