शिक्षा पत्रकारिता पुरस्कार घिमिरे र गाउँलेलाई

What To Know

  • काठमाडौँ । यस वर्षको १४औँ वार्षिक वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार द काठमाडौँ पोष्टका पत्रकार विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका पत्रकार रोशन क्षेत्री गाउँलेलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी जनही रु १० हजार रहेको छ । चौधरी ग्रुपको प्रायोजनमा आजको आवाज मिडिया र शिक्षालय मासिकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।.
  • राइजिङ अवार्ड (विद्यालय वा कलेज) र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि वितरण गर्नेछ । वाइवाईकोतर्फबाट ज्ञानउदय छात्रवृत्ति पुरस्कार सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रदान गर्ने छ । उक्त पुरस्कारको राशि रु २५ हजार छ । ती सबै पुरस्कार साउन २८ गते प्रदान गरिने जनाएको छ ।.

काठमाडौँ । यस वर्षको १४औँ वार्षिक वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार द काठमाडौँ पोष्टका पत्रकार विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका पत्रकार रोशन क्षेत्री गाउँलेलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी जनही रु १० हजार रहेको छ । चौधरी ग्रुपको प्रायोजनमा आजको आवाज मिडिया र शिक्षालय मासिकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

सो अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय उपाध्यक्ष ईश्वर गुरुङले गैरसरकारी संस्थाबाट यस्ता पुरस्कार वितरण गरिँदा गरीब र जेहेन्दार विद्यार्थीलाई निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का पूर्वअध्यक्ष कर्णबहादुर शाहीले शिक्षा पत्रकारिता क्षेत्रले शैक्षिक योगदानकर्तालाई सम्मान गर्नु सकारात्मक भएको बताउनुभयो ।

चौधरी ग्रुपका वरिष्ठ व्यवस्थापक सुरेन्द्र खनालले शिक्षा क्षेत्रमा योगदान दिने यस्ता पुरस्कारलाई भविष्यमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो । शिक्षालय मासिकका प्रकाशक श्याम तण्डुकारले यस वर्षमात्र वाइवाईले १३ वटा विधाअन्तर्गत नेसनल एजुकेशन अवार्ड दिइने जानकारी दिनुभयो ।

ती अवार्डमा स्कूल अफ दि इयर (सामुदायिक र संस्थागत विद्यालय), वेष्ट टिचर अवार्ड (सामुदायिक विद्यालय), कन्ट्रिब्युसन अवार्ड (शैक्षिक संघसंस्था, संगठन), क्रियटिभ कलेज अवार्ड (कलेज), प्रिन्सिपल अफ दि इयर, एजुकेशन भिजन अवार्ड, वाइवाई ज्ञानउदय छात्रवृत्ति पुरस्कार, एक्सिलेन्स अवार्ड (कक्षा ११÷१२ का विद्यालय), गुडविल एचिभमेन्ट अवार्ड (विद्यालय वा कलेज), डेडिकेशन अवार्ड (शिक्षा सेवा) रहेका छन् ।

राइजिङ अवार्ड (विद्यालय वा कलेज) र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि वितरण गर्नेछ । वाइवाईकोतर्फबाट ज्ञानउदय छात्रवृत्ति पुरस्कार सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रदान गर्ने छ । उक्त पुरस्कारको राशि रु २५ हजार छ । ती सबै पुरस्कार साउन २८ गते प्रदान गरिने जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *