सरकारले खसी बोकाको मूल्य तोक्दा मर्कामा परे ब्यापारी

काठमाडौँ । सरकारले दसैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी÷बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरुले खाफूहरु मर्कामा परेको गुनासो गरेका छन् । वर्षेनी ब्यपारीहरुले आफूखुसी मूल्य तोक्दै आएकामा यसपटक सरकारले नै तोकिदिएपछि लागतको अनुपातमा मुनाफा नआएको भन्दै ब्यपारीहरु आक्रोशित भएका हुन् ।

सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी÷बोकाको मूल्य तोकि दिएको छ । सरकारले तोकेको मूल्य अनुसार लाखौंको घाटा व्यहोर्न बाध्य भएको काठमाडौं आएका व्यापारीहरुले गुनासो गरेका छन् । फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका काभ्रेका व्यापारी दिपक प्रसाद वन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसी÷बोका ५५० मा विक्री गर्दा भएको घाटा कसले व्यहार्ने पनि प्रश्न पनि गर्नु भयो । ‘आफूले ७ लाख हालेर ल्याएको खसी÷बोकाको मूल्य ४ लाख पनि उठेन,’ खसी व्यापारी वन्तले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘ मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरि दिन्छ ?’ दसैंका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैले पालेजसरी खसी÷बोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको दुःखेको पनि व्यक्त गरे ।

व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन् । अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताउनुभयो । उहाँले भारतबाट पनि खसी÷बोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गर्नुभयो । दसैंका लागि खसी/बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ ।

दसैंमा खसी÷बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे । केही नाफा हुने आसमा खसी÷बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन् । अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *