बिरामी मारेर लासको मोलमलाई

काठमाडौँ । संघीय राजधानी काठमाडौँको चावहिलस्थित ओम हस्पिटल तथा रिसर्च सेन्टर प्रालि चिकित्सकको लापरवाहीका कारण सबैभन्दा बढी बिरामीको मृत्यु हुने अस्पताल हो भन्दा फरक पर्दैन । उपचारका क्रममा बिरामी मारेर पछिल्लो पटक निकै कुख्याती कमाएको छ यो अस्पतालले । यहाँका डाक्टरहरु उपचारका नाममा खै के गर्छन् कुन्नी पटक पटक उपचारको क्रममा बिरामी मरेको भन्दै बिवाद, तोडफोड, क्षतिपूर्ती र मिलमिलापका श्रृङ्खला दोहोरिँदै आएको छ ।

पिसाब नलीमा देखिएको पत्थरीको उपचार गर्न गएकी धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ३ की २९ वर्षीया अनिता गुरुङको मृत्यु भएपछि ओम अस्पताल फेरि बिबादमा तानिएको छ । सामान्य अवस्था मै आफै हिँडेर असोज तीन गते अस्पताल पुगेकी अनिता फर्किनन् । शुक्रबार बिहान ८ बजे ओम अस्पताल पुगेकी अनिताको करिब ११ बजे डाक्टर भोलाराज जोशीले शल्यक्रिया गरेका थिए । अप्रेसनकालागि बेहोस बनाइएकी अनितालाई चिकित्सकहरुले फेरि होसमा ल्याउन सकेनन् । पत्थरीको उपचार गर्न गएकी अनिताको उपचारपछि मुटुले काम गर्न छोड्यो । अन्ततः शनिबार दिउँसो अस्पतालले अनितालाई मृत घोषणा ग¥यो ।

अनिताको मृत्युको घटनामा कुनै छानविन भएन । बरु अस्पतालले मृतकका आफन्तलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिएर घटना सामसुम पार्ने प्रयास ग¥यो । आफन्तसँग अस्पतालले माफी माग्यो पैसा बुझायो पन्छियो ।

ओम अस्पतालमा बिरामीको मृत्यु हुनु नौलो कुरा रहेन केही महिना अघि पनि यस्तै घटना भएको थियो । त्यो पनि सहमति मै सामसुम भयो । उपचारमा लारबाही भएको विषयमा मुद्दा मामिला गर्न झन्झिटिलो हुने र रोइकराई गरे पनि मरेको मान्छे फर्काउन नसकिने त्यो भन्दा क्षतिपूर्तीको पैसा लिनु नै ठीक ठानेर होला धेरैजसो आफन्तहरुले पनि लेनदेन मै सहमती जनाएको देखिन्छ । त्यसैले कुनै पनि घटनाको गहन अनुसन्धान भएको देखिँदैन ।

यो अस्पतालमा उपचारका क्रममा ज्यान गुमाउने अनिता मात्रै होइनिन् । केही महिनाअघि मात्रै सिन्धुपाल्चोककी रामप्यारी थापाले पनि यही ज्यान गुमाएकी हुन् । यतिमात्र होइन २०७३ साल साउन २० गते ५४ वर्षीय नन्दकुमारी लामिछाने, २०७३ साल असोज २१ गते ५२ वर्षीया टंककुमारी न्यौपानेले पनि पनि उपचारका क्रममा मृत्यु वरण गरेका थिए । उनीहरुका आफन्तले चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै चर्को बिरोध गरेपछि अस्पतालमा तोडफोड र हुलदङ्गा नै भयो । २०७० साल माघ १७ गते २८ वर्षकी शोभा थेबे पनि उपचार गर्न आएर अस्पताल मै मरिन् अथवा मारे । त्यस्तै २०७३ साल बैशाख १२ गते सात महिनाकी गर्भवती सावित्री श्रेष्ठको पनि अस्पताल मै मृत्यु भयो । उनका सन्तानलाई उच्च शिक्षासम्मको जिम्मा लिने र नगद पनि दिने सहमतिमा बिबाद किनारा लगाइएको थियो । त्यसैगरी २०७४ साल भदौ २८ गते ४० वर्षकी कमला भट्टराईको पनि उपचारका क्रममा अस्पतालमा प्राण गयो । अस्पतालले क्षतिपूर्तिबापत ३० लाख रुपैयाँ तिरेको बताइएको छ ।

अधिकांश घटनामा मृतकका परिवारलाई क्षतिपूर्ती दिन अस्पताल तयार हुनुलाई अस्पतालको रेपुटेसन खस्किने डर भन्ने की गल्ती स्वीकार रु अक्सर देशका नीजि अस्पतालहरुको प्रबृति उस्तै छ । अधिकांश शिक्षण अस्पतालहरु बिरामीको मृत्यु लुकाउन छानबिन गर्नुभन्दा क्षतिपूर्ती दिन बढी अग्रसर भएको पछिल्ला तथ्यहरुले पुष्टी गर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *