What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ शाक्यद्वारा पदभार ग्रहण
What To Know
- काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको ७३६ औं बैठकले मिति २०८२ असोज १७ गते शाक्यलाई सीईओमा नियुक्त गरेको थियो।.
- सन् १९९६ मा नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले हिमालयन बैंक, लक्ष्मी बैंक र तत्कालीन बैंक अफ एशिया नेपालमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। बैंक अफ एशिया र एन आई सी बैंकको एकीकरण प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। मर्जरपछि उनले एन आई सी एशिया बैंकमा कर्पोरेट बैंकिङ प्रमुखको रूपमा योगदान दिएका थिए।.
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको ७३६ औं बैठकले मिति २०८२ असोज १७ गते शाक्यलाई सीईओमा नियुक्त गरेको थियो।
झन्डै तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका शाक्यले भारतको दिल्ली विश्वविद्यालयबाट वाणिज्यमा स्नातक (B.Com) र लखनऊस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्टबाट व्यवस्थापनमा स्नातकोत्तर (MBA) गरेका छन्।
सन् १९९६ मा नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले हिमालयन बैंक, लक्ष्मी बैंक र तत्कालीन बैंक अफ एशिया नेपालमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। बैंक अफ एशिया र एन आई सी बैंकको एकीकरण प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। मर्जरपछि उनले एन आई सी एशिया बैंकमा कर्पोरेट बैंकिङ प्रमुखको रूपमा योगदान दिएका थिए।
शाक्यले त्यसपछि सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन्। सीईओमा नियुक्त हुनुअघि उनी नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
एन आई सी एशिया बैंकले शाक्यको दीर्घ अनुभव, रणनीतिक दृष्टि र विश्लेषण क्षमताले बैंकलाई अझ सबल, गतिशील र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।






