भृकुटीमण्डपबाट आज माओवादी-समाजवादीको एकता घोषणा हुँदै

What To Know

  • काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित नौ वटा दल र समूह आज एकै पार्टीमा एकीकृत हुँदैछन्। यी दलहरूले आज दिउँसो १ बजे भृकुटीमण्डपमा आयोजना हुने सभामार्फत एकताको घोषणा गर्ने तयारी गरेका छन्।.
  • एकतामा सहभागी दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी रहेका छन्। गोपाल किराँती माओवादीसँगै एकतामा सहभागी भएका छन्।.

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित नौ वटा दल र समूह आज एकै पार्टीमा एकीकृत हुँदैछन्। यी दलहरूले आज दिउँसो १ बजे भृकुटीमण्डपमा आयोजना हुने सभामार्फत एकताको घोषणा गर्ने तयारी गरेका छन्।

एकतामा सहभागी दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी रहेका छन्। गोपाल किराँती माओवादीसँगै एकतामा सहभागी भएका छन्।

एकीकरणपछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको छ। पार्टीको चुनाव चिन्हका रूपमा ‘तारा’ प्रस्ताव गरिएको छ।

तर, सबै नेताहरू भने एकतामा सामेल भएका छैनन्। माओवादीबाट जनार्दन शर्मा र राम कार्की बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल र रामकुमारी झाँक्रीलगायतका नेताहरू सहभागी भएका छैनन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *