हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सरकारले बाटो छेकेर ‘बिच्च बिच्च’मा टालटुले पिच गर्दा रुपलालको प्राण गयो
काठमाडौँ । नागढुङ्गा–नौबिसेको जाममा परेर शुक्रबार बिहान उपचारका लागि काठमाडौँ ल्याइँदै गरेका एकजना बिरामीको मृत्यु भएको छ । सडक मर्मतका नाममा भइरहेको जामका कारण काठमाडौँ आउदैँ गरेका रौतहटका ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको उनका आफन्तहरुले बताएका छन् ।
दुबै मृगौलाले काम गर्न छोडेपछि डाइलासिस गर्न रुपलाल काठमाडौँ आउँदै थिए रुपलाल । एम्बुलेन्समा आउन पैसा थिएन । सार्वजनिक यातायात बाहेक अरु बिकल्प थिएन । रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५३६४ नंको रात्री बसमा चढेर आएका उनी १२ घण्टा लामो जाममा फसे । जसका कारण बेलैमा ओखती गर्न पाएनन् । थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्रै आमाको काखमा उनको मृत्यु भयो ।
त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे क्षेत्रमा केही दिनदेखि लामो ट्राफिक जाम भइरहेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गा क्षेत्रमा घण्टौँ जाममा बस्नु परेको भन्दै सर्वसाधारणहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिरहेका छन् । शुक्रबार एकाबिहानै जामकै कारण बिरामीको मृत्यु भएको खबर बिभिन्न सञ्चार माध्यमहरुले प्रकासन प्रसारण गरेपछि त्यो आक्रोस झनै बढेर गएको छ । त्यस क्षेत्रमा ३० किलोमिटरसम्म ट्राफिक जाम भएको यात्रुहरुको गुनासो छ । तर सरकारी अधिकारीहरु भने त्यतिसाह्रो जाम नभएको र यातायात सहज रुपमा सुचारु गर्ने प्रयास भइरहेको बताउँछन् ।
किन भएको छ जाम ?
संघीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने प्रमुख मार्ग यही हो । यसैपनि यो सडक खण्डमा सवारी चाँप बढी हुन्छ । नौबिसेबाट माथितिर लागेपछि कमसेकम ३/४ घण्टा जाममा पर्नु कुनै नौलो कुरा होइन । वर्षौदेखि झेल्दै आएको सास्ती नै हो । चाडबाडको समयमा हुने सवारी र यात्रुको चापले उसैपनि जाम हुने यो खण्डमा यातायाता बिभागले सडक मर्मतको नाममा बिच्च बिच्चमा सवारी रोकेर सडक टालटुल पार्ने पिच (कालोपत्रे) गर्ने काम गरिरहेको छ । जसका कारण ६ घण्टाभन्दा बढी जामको सास्ती खेप्न बाध्य छन् यात्रु । त्यसैले पनि सरकारी निकायको कार्यशैलीको विषयलाई लिएर आक्रोशित सर्वसाधरण बिनासित्ति खेप्नु परेको जामको सास्तीले झनै मुर्मुरिएको सामाजिक सञ्जालमा प्रष्टै छ । सरकारको कामगर्ने पर्बे प्रबृतिप्रति जनतालाई खास मन परेको छैन ।
हुन त यो सडकखण्डमा यतिबेला सवारी चाप र जाम बढ्नुका बिभिन्न कारणहरु छन् । सरकारी अधिकारीहरु कै कुरा पत्याउने र मान्ने हो भने पनि दशैँमा घर जाने यात्रु र सवारीको सङ्ख्या बढी हुनु हो । उनीहरुका अनुसार अहिले हरेक दिन एक लाख मानिस काठमाडौँबाट बाहिरिरहेका छन् । अन्य समयमा यो नाका हुँदै प्रतिदिन ६० हजार जना काठमाडौँबाट बाहिर जान्छन् । यसरी बाहिर जानेहरु नीजि सवारी साधनमा बढी जाने भएकाले पनि थप जाम भएको उनीहरुको तर्क छ ।
नौबिसेबाट माथिलागेपछि उकालो र घुमाउरो बाटो, त्यसमाथि चिप्लो छ । यस्तो बाटोमा ठूला मालबाहक गाडी गुड्न सक्दैनन् । कति मालबाहक गाडी दुई लेनको यो बाटोको बीचमै बिग्रिएर अड्किन्छन् । त्यसैले जाम हुने अधिकारीहरु बताउँछन् ।
बाटो टालटुल हुँदैछ
यातायात ब्यवसयीको मन राख्न खोज्दा सर्वसाधरणले सास्ती मात्रै खेप्नु परेन रुपलालले मर्नु प¥यो । बाटो छेकेरै टालटुल किन पारिँदै छ, भने खासमा वडा दशैँका लागि अग्रीम टिकट बुकिङको विषयमा छलफल हुँदा व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतसँग बाटो मर्मत गर्नुपर्ने माग गरेका थिए । असोज १० गतेको समय सीमा तोकिएको थियो । निर्धारित समय घर्किन लाग्दा पनि काम नसकिएपछि अलिबेर गाडी रोकेर खाल्डा खुल्डी पुर्ने काम भइरहेको छ । जसका कारण सवारी आवत जावत प्रभाबित भएको छ । नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा चितवनको जिएमआर कन्स्ट्रक्सनले लिएको छ । सवारी चापको समयमा नै गाडी रोकेर काम गर्दा लामो जाम हुने गरेको जामका भुक्तभोगी यात्रुको गुनासो छ । तर सडक डिभिजन कार्यालय चितवनका प्रमुख कृष्ण अधिकारी यात्रुलाई असर नपर्ने गरी मर्मत भइरहेको दाबी गर्छन् ।
जाम कम गर्न शुक्रबारदेखि नयाँ ब्यवस्था
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले लामो ट्राफिक जाम कम गर्न विभिन्न स्थानमा जारी सडक मर्मत कार्य तत्कालका लागि बन्द गराइएको बताए । उनले यतायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यलाय काठमाडौँ र धादिङको सहकार्यमा मालवाहक सवारी साधनलाई निश्चित समयमा मात्र नागढुङ्गातर्फ जान पाउने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार राति ९ बजेपछि मात्र काठमाडौँबाट नागढुङ्गातर्फ र यता धादिङबाट नागढुङ्गातर्फ मालवाहक सवारी साधनलाई जान पाउने व्यवस्था गरिएको छ । यो ब्यवस्था सुक्रबारदेखि नै लागु हुने छ ।
दशैँको बेला सवारी चाप र नीजि सवारीले लेन मिचेर चलाउँदा ट्राफिक ब्यवस्थापन प्रभाबित हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डूका प्रवक्ता रविकुमार पौडेल बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार दशैं–तिहारमा दैनिक करिब १८ हजार सवारीसाधन र मालवाहक गाडी काठमाडौं भित्रिन्छन् । त्यस्तै राजधानी काठमाडौँबाट दैनिक १८ हजार बढी साना ठूला सवारीसाधन बाहिरिन्छन् । तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका ठूला कन्टेनर हुन्छन् ।