What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

६१ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट कसरी बच्ने ? लक्षण र बच्ने उपाय
What To Know
- काठमाडौँ । संघीय राजधानी काठमाडौँसमेत देशका ६१ जिल्लामा स्क्रब टाइफस रोग देखिएको छ । यो रोगबाट यस वर्ष हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ । विगतका वर्षमा फाट्टफुट्ट देखिने गरेको स्क्रब टाइफस असर यस वर्ष धेरै ठाउँमा देखिएको छ । मुसाबाट सर्ने भएकोले तिनीहरूबाट जोगिनु नै सबैभन्दा उपयुक्त विकल्प भएको चिकित्सकहरू बताउँछन् ।.
- यो एक प्रकारको सरुवा रोग हो जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ । चिकित्सहरूका अनुसार मानिसबाट मानिसमा चाहिँ स्क्रब टाइफस सर्दैन । यो रोग किर्नामा पाइने ओरेन्टिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । मुसामा हुने किर्ना अर्थात् माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिनेगर्छ।.
काठमाडौँ । संघीय राजधानी काठमाडौँसमेत देशका ६१ जिल्लामा स्क्रब टाइफस रोग देखिएको छ । यो रोगबाट यस वर्ष हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ । विगतका वर्षमा फाट्टफुट्ट देखिने गरेको स्क्रब टाइफस असर यस वर्ष धेरै ठाउँमा देखिएको छ । मुसाबाट सर्ने भएकोले तिनीहरूबाट जोगिनु नै सबैभन्दा उपयुक्त विकल्प भएको चिकित्सकहरू बताउँछन् ।
के हो स्क्रब टाइफस ?
यो एक प्रकारको सरुवा रोग हो जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ । चिकित्सहरूका अनुसार मानिसबाट मानिसमा चाहिँ स्क्रब टाइफस सर्दैन । यो रोग किर्नामा पाइने ओरेन्टिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । मुसामा हुने किर्ना अर्थात् माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिनेगर्छ।
लक्षण के के हुन् ?
धेरै ज्वरो आउनु (१०४ डिग्री फरेन्हाइटभन्दा बढी)। काम ज्वरो पनि आउन सक्छ
धेरै टाउको दुख्नु, पसिना धेरै आउनु
आँखा रातो हुनु, झाडापखाला लाग्नु
बिस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु
कीराले टोकेको ठाउँमा रातो दाग देखिन सक्छ। पछि कालो दाग बस्न सक्छ
बच्ने उपाय के के हुन् ?
खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउने
घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने
सकेसम्म घाँसबारी वा चउरमा नबस्ने
चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने
मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने