What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
दशैंकाे अग्रिम टिकट बुकिङ आजदेखि खुला, कहाँकहाँबाट हुँदैछ बुकिङ
What To Know
- काठमाडाैँ । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट खुला गरिएकाे छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलकाे निर्णय अनुसार यातायात ब्यवसायीहरुले आजदेखि दशैंका लागि टिकट बुकिङ सुरु गरेका हुन्।.
- आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। आज पहिलाे दिन विहान १० बजेदेखि बुकिङ शुरु हुने छ भने साेमबारदेखि बिहानैबाट अग्रिम टिकट लिन सकिने ब्यवसायीहरुले बताएका छन्। काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ।.
काठमाडाैँ । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट खुला गरिएकाे छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलकाे निर्णय अनुसार यातायात ब्यवसायीहरुले आजदेखि दशैंका लागि टिकट बुकिङ सुरु गरेका हुन्।
आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। आज पहिलाे दिन विहान १० बजेदेखि बुकिङ शुरु हुने छ भने साेमबारदेखि बिहानैबाट अग्रिम टिकट लिन सकिने ब्यवसायीहरुले बताएका छन्। काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ।
आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने यात्रुहरूकाे बसपार्कमा भीड लागेकाे छ। नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि यहाँका काउन्टरमा पनि भीडभाड देखिएको छ ।
दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् ।






