नेपाल मगर लेखक संघको अध्यक्षमा विष्णुकुमार सिंजाली सर्वसम्मत

काठमाडौं । नेपाल मगर लेखक संघको अध्यक्षमा विष्णुकुमार सिंजालीमगर सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न संघको १० औं केन्द्रीय वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनबाट सिंजालीमगर अध्यक्षमा चुनिनुभएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जीवन प्रवेश रोकामगर, प्राज्ञिक उपाध्यक्षमा पूर्णबहादुर रानामगर, महिला उपाध्यक्षमा छिमी पुनमगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा हेमा आलेमगर (बोगी), अठार मगरात भाषिक उपाध्यक्षमा मालबहादुर बुढामगर (महेश आरोही), काइके भाषिक उपाध्यक्षमा जगबहादुर बुढामगर, महासचिवमा श्याम रानामगर, सचिवत्रयमा रूद्र “सन्देश” मगर, रूद्रबहादुर श्रीसमगर र हरिकला थापामगर (हरिता) एवं कोषाध्यक्षमा मनु ठाडामगर (मीगीन) चयन हुनुभएको छ ।

त्यसैगरी, २९ सदस्यीय नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूमा मनबहादुर बगालेमगर, गगन थापामगर, गीता थापामगर, लीला मास्की रानामगर, युरिका सिंजालीमगर, भीमा लुंगेलीमगर, रामबहादुर रोकामगर, लक्ष्मण घर्तीमगर, अनिल बुढामगर, लछिनकुमार पुनमगर, प्रेमप्रकाश घर्तीमगर, दिलीप बुढामगर, अमृता थापामगर, शर्मिला रोकामगर, खड्गबहादुर पुनमगर, ईराधा झाँक्रीमगर (ईर्धासी) र कला थापामगर रहनुभएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गौबहादुर आलेमगर नेतृत्वको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *