What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आइतबारदेखि दशैँको अग्रिम टिकट बुकिङ
What To Know
- काठमाडौं । आइतबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । गत भदौ २६ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।.
- सोहीअनुसार असोज ५ गतेदेखि टिकट बुकिङ खोल्ने सहमति भएको थियो । यसैबीच यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै दशैंमा यात्रुहरुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिँदैछ ।.
काठमाडौं । आइतबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । गत भदौ २६ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
विभागले भदौ २५ गतेबाट दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ खुला गर्ने भनेपनि व्यवसायीले सीमित कारण देखाउँदै सो विषयमा पुनः छलफलको माग राखेका थिए ।
सोहीअनुसार असोज ५ गतेदेखि टिकट बुकिङ खोल्ने सहमति भएको थियो । यसैबीच यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै दशैंमा यात्रुहरुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिँदैछ ।






