पहिरोमा बालकको मृत्यु अरनिको राजमार्ग अबरुद्ध

काभ्रे । अविरल बर्षाका कारण पहिरो जाँदा काभ्रे मा एक बालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा न ४ फेदीमा पहिरोले टहरा पुरिदाँ जीतबहादुर लामाका ४ बर्षीय छोरा सजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे का प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले बिहान ७.०० बजे पहिरोले टहरा बगाउँदा मण्डनदेउपुर नगरपालिका वडा न ११ घर भएका हाल सोही स्थानमा बस्दै आएका बालकको मृत्यु भएको जानकारी दिनुभयो । टहरामा पसल समेत रहेकाले अन्य भाग्न सफल भएपनि बालक भाग्न नसक्दा पहिरोले बगाएर मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो । पहिरोले सँगै रहेको अर्काे टहरामा पनि सामान्य क्षति पुगेको छ ।

लगातार परेको अविरल बर्षाले अरनीको राजमार्ग अबरुद्ध भएको डीएसपी गिरीले बताउनुभयो । अरनीको राजमार्ग अन्र्तगत जिरो किलोदेखि दोलालघाट सम्म धेरै ठाउँमा पहिरो गएका कारण राजमार्ग बन्द भएकोे उहाँले बताउनुभयो ।
त्यस्तै काभ्रे जिल्लाको अधिकांश ग्रामीण सडकहरु अबिरल बर्षाका कारण ठप्प भएका छन् । जिल्लाको कोशिपारि र डाँडापारिको सडकको अवस्था कच्चि भएकाले धेरै ठाउँमा पहिरो गएका कारण आवत जावतका ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *