हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
अक्करे भिरबाट अरुण नदिमा जीप खस्यो, ६ जना वेपत्ता
सङ्खुवासभा । सङ्खुवासभा जिल्लाको सदरमुकामखाँदबारीबाट बिरामीबोकेर धरानतर्फ जाँदै गरेको बोलेरो जीप अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन । धर्मदेवीनगरपालिका–८ मा पर्ने अक्करको भीरबाट जीप गए राती खसेको हो ।
को १ ज ३७४९ नम्बरको बोलेर जीप राति १०ः३० बजेको समयमा सीधै अरुण नदीमा खसेर बेपत्ताभएको हो । चालक सन्तोष विकले हाँकिरहेको उक्तजीप अरुणमा खस्दा सवार सवै बेपत्ताभएका हुन । उद्धारको लागिखाँदबारी बाटप्रहरीको टोली परिचालित भए पनि लगातारको बर्षाको कारण उद्धार तथाखोजीकार्यमा समस्याभएको प्रहरीले जनाएको छ ।
जीपमा सवारहरुको बिवरण आईनसकेको प्रहरीले जनाएको छ ।अहिलेसम्मचालकको मात्रै नामखुलेको छ । बिरामी र अन्ययात्रुको पहिचानहुननसकेको डिएसपी मिमबहादुर लामाले जानकारी दिनुभयो ।