तालीम भवन उद्घाटन

 इटहरी । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज इटहरी रङ्गशाला परिसरमा निर्माण सम्पन्न भएको नेपाल सितेरियो कराते खेलको तालीम भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

इटहरीलाई प्रदेश एककै खेलकूद शहरका रुपमा विकास गर्ने राष्ट्रिय खेलकूद परिषद्को योजनाअनुसार झण्डै रु ५० लाखको लागतमा निर्माण भएको उक्त प्रशिक्षण भवनमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरको कराते खेल सञ्चालन गर्न सकिनेछ ।

राखेप सदस्य सचिव विष्टले नेपालीको गौरव र पहिचान निर्माण गर्ने मुख्य माध्यम खेल भएकाले यस क्षेत्रको व्यवस्थित विकासमा प्रशिक्षण केन्द्रले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकूदको क्षेत्रमा गरिएको लगानीले खेलाडीको व्यक्तित्व विकाससँगै राष्ट्रले गौरव प्राप्त गर्ने उल्लेख गर्नुभयो ।

उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले खेलको विकासका लागि उपमहानगरपाले यथेष्ट बजेट व्यवस्था गरेको जानकारी दिनुभयो । सो अवसरमा करातेका विभिन्न खेलसमेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *