हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
समुद्रटारमा सुविधासम्पन्न स्वास्थ्य चौकी
नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा रहेको समुद्रटार स्वास्थ्य चौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ । सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले आज उद्घाटन गरी स्वास्थ्य चौकीको सेवा नयाँ भवनबाट शुभारम्भ गर्नुभयो । रु दुई करोडको लगानीमा सो भवन निर्माण भएको हो ।
स्वास्थ्य चौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणको लागि रु ३० गाउँपालिकाले चालू आर्थिक वर्षका खर्च गर्न लागेको समेत अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
पहिलेको भवन निकै साँघुरो भएकोले सेवा प्रवाह गर्न समस्या भएकोमा अब त्यो समस्या हटेको स्वास्थ्यचौकीका इञ्चार्ज ताराकुमार श्रेष्ठले बताउनुभयो । नयाँ भवनमा सुविधायुक्त प्रसूति कक्षा, प्रयोगशाला, हलसमेत छ । आवास कक्षासमेत रहेकाले स्वास्थ्यकर्मीले आपतकालीन अवस्थामा जुनसुकै बेलामा पनि सेवा दिनसक्ने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष किशोर आचार्यले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसुदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी गरी पाँच रोपनी जग्गा दान गर्नुभएको थियो । जग्गा दाताहरुलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।