बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पहिरोले घर परिँदा एकै परिवारका दुईको मृत्यु, चार वेपत्ता
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकास्थित छेर्लाबाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति गएको पहिरोले स्थानीय खीलकुमारी बुढा र उनका छोरा असलको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर घरमा रहेका अन्य चार जना भने सम्पर्कविहनी भएका छन् ।
बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीया मूलज्योति बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षकी छोरी रहेका छन् । घरमा रहेका चौपाया समेत पुरिएका छन् ।
बिहीबार राति नै पहिरोले परेपनि वरपर अन्य घर नभएकाले बिहान मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । घरमाथिबाट खनिएको सडक भासिएर आएको पहिरोले घर पुरिएको हो । हराइरहेका चार जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।