बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौं । आज इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर लगायत धुलिखेल, दोलखामा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहिआएको छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको किंवदन्ती छ । इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ । इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न शहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुँदै छन् ।