नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

खाल्डोकाे पानीमा डुबेर तीन बालिकाको मृत्यु
रौतहट । रौतहटमा खाल्डोमा डुबेर तीन बालिकाको ज्यान गएको छ । भारतिय सिमाना जोडिएको ईशनाथ नगरपालिकाका वडा नम्वर १ निवासि तीन बालिकाको डुबेर ज्यान गएको हो ।
ईशनाथ नपा १ बनजरहाका मिरालाल साहकी ७ बर्षिया छोरी सरिता कुमारी र बृजनन्दन यादवको दुई छोरी बर्ष १० कि पिन्जल कुमारी र बर्ष ६ कि गुडिया कुमारिको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री ले बताउनुभयो ।
घरबाट बिहान माछा मार्न खेतमा गएका तीन जना बालिका बिहीबार साँझसम्म घर नफर्किए पछि खोजतलास गर्दै जाँदा एउटा खाल्डोमा डुुबेको अवस्थामा शव फेला परेको पीडित परिवारले जनाएको छ । उनिहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याइएको र घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।