काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
गलकोट घुम्टेमा सामूहिक दर खाने कार्यक्रम सम्पन्न
कौरव खत्री
बाग्लुङ्ग । बाग्लुङ्ग घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्लको संयुक्त आयोजना तथा घुम्टे युवा परिवारको जापान शाखाको सह आयोजनामा सामुहिक दरखाने तिज कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार आयोजित दरखाने तिज कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद दिलमाया रोका दिपाले महिला भनेका श्रम,परिश्रम र मिहनेतको खानी हो त्यो नै महिलाको पहिचान भएको बताउनुभयो ।
सांसद रोकाले महिला भनेका समाज र यो धर्तीका दह्रिलो खम्वा भएको भन्दै हिजोका दिनहरुमा तीजको माध्यमबाट महिलाहरुका दुःख र सुखका पीडा र वेदनाहरुलाई तीजको गीतका माध्यमबाट अभिव्यक्त हुने गरेको बताउनुभयो । उहाँले बेदनाले बास्तविक महिलाहरुको जीवनको यथार्थचित्र बोकेको बताउनुयो । उहाँले आफ्नो हक र अधिकारलाई स्थापित गराउँदै तीज पर्वको मौलिक संस्कृतिलाई जर्गेना गर्न सबै एकजुट हुनु पर्ने बताउनुभयो ।
साथै सोही अवसरमा जिल्ला समन्वय समिति बाग्लुङ्गका सदस्य रुपा विक, गलकोट नगरपालिकाका नगरकार्यपालिका सदस्य कमला ढकाल, गनपा ७का वडा सदस्य मिना दर्जी, प्रगतिशिल महिला समूह गनपा ५ का पूर्व अध्यक्ष बिष्णु कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेका महिलाहरु तिल कुमारी थापा, चन्द्रा कुमारी थापा, राधिका गौतम, चित्रा दर्जी र कमला केसीलाई सम्मान पत्र दोसल्ला लगायतले सम्मान गरिएको थियो ।
तीज कार्यक्रममा आएका सबैलाई दर खुवाइएको थियो । भने तीज कार्यक्रममा पुराना मौलिक संस्कृति बोकेका तीजका गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश,महिला गनपाका जनप्रतिधि,समाजसेवी मिना चोखाल, सञ्चारकर्मी युवा समाजसेवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम महिला जागरण केन्द्र गनपा ७ मल्लका अध्यक्ष ललिता थापाको अध्यक्षता तथा घुम्टे युवा परिवारका सदस्य टिका साहानीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने महिला जागरण केन्द्र गनपा ७ का सचिव सरस्वति केसीले गर्नुभएको थियो ।