काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
न्ययाधीश जीवनहरि अधिकारीद्वारा राजीनामा
काठमाडौं। उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले केही समय पहिलो गोर्खा ब्रुअरीको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भए पछि उहाँमाथि न्याय परिषद्ले छानविन थालेको थियो ।
उहाँले आइतबार छानविन समितिमा बयान दिए पछि पदबाट राजीनामा दिनु भएको हो । उहाँले आफूले हिजाे राजीनामा दिएको बताउनुभयो । न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।






