बक्यौता दस्तुर तिर्न भन्दा नटेरेपछि सुमार्गीको कम्पनी खारेज

काठमाडौं । उद्योगपति अजय सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिँदै आएको छ ।

बक्यौतावापतको नवीकरण दस्तुर नतिरेपछि कम्पनीको अनुमतिपत्र खारेज प्राधीकरणले साेमबार खारेज गरिदिएकाे हाे । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ८० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्याैता रकम नतिरेपछि कम्पनीको अनुमति पत्र नै खारेज भएको हो ।

प्राधिरकणको बोर्ड बैठकको निर्णय अनुसार कम्पनीको अनुमतिपत्र खारेज गरिएको प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले जानकारी दिनुभयो । आचार्यका अनुसार कम्पनीलाई लाइसेन्स खारेज भएको जानकारीसहितको पत्र पठाइसकिएको छ । अब कम्पनीले सरकारसमक्ष ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि आवेदन दिन सक्नेछ ।

प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र पाएको थियो । उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा २०६४ फागुन ५ मा अनुमति पत्र पाएको हो ।

प्राधिकरणले गत चैतमा बक्यौता बाँकी रहेको दुरसञ्चार सेवा प्रदायकलाई असार मसान्तसम्म बक्यौता तिर्न निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *