काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौँ । बिहीबार स्थगित भएकाे नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएकाे छ । प्रधानमन्त्री केपी ओलीकाे अस्वस्थताका कारण बिहीबार बस्ने भनिएकाे बैठक अन्तिम समयमा आएर स्थगित गरिएकाे थियाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे सचिवालय बैठक बाेलाइएकाे हाे।आन्तरिक विवाद मिलाउनका लागि बस्ने भनिएको नेकपा सचिवालय बैठक सरेको पटक पटक सर्दै आएकाे छ।
विभागको नेतृत्व, पोलिटब्युरो गठनलगायत विषयमा ठोस प्रस्ताव तयार हुन सकेको छैन। त्यसैका लागि बैठक बस्ने भनिए पनि मंगलबारदेखि बैठक लगातार सरिरहेकाे छ। मंगलबार र बुधबार तयारी नपुगेको भन्दै बैठक बिहीबारका लागि सारिएको थियो। बिहीबार प्रधानमन्त्री बिरामी भएको भन्दै शुक्रबारका लागि सारिएकोथियाे।






