हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त
सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएकाे छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गर्नुभएकाे हाे ।
निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिनुभएकाे थियाे । उहाँलाई मंगलबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो।
मुख्यमन्त्री कार्यालयले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेको जनाएको छ। उक्त धारामा मन्त्री पदमुक्त हुने व्यवस्था छ। मुख्यमन्त्रीले बिहीबारै पदमुक्तको निर्णय प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराइ हाललाई उक्त मन्त्रालयको जिम्मेवारी आफैले राख्नु भएकाे छ ।
मन्त्री खत्रीसहितको टोलीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको सम्बन्धी मुद्दा अदालतमा चलिरहेको छ।